Madhes Khabar
खेलकुद

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

वीरगन्ज ,४भदाैं: भारतले दोस्रो टी-२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले हराएको छ ।

आइतबारराति भएकाे खेलमा जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाएपछि खेल भारतले जितेकाे हाे ।

आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, मार्क एडैरले २३ रन बनाए भने कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।यस्तै, अर्शदीप सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले ।यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए ।

बलिङ तर्फ आयरल्यान्डका ब्यारी म्याकार्थीले २ विकेट लिए भने मार्क ऐडर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक/एक विकेट लिए।

जितसँगै भारतले एक खेल अगावै शृङ्खला जितेको छ । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

Related posts

वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुप विजयी

MadhesKhabar

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

वीरगन्जका शेख दाजुभाइले एकैदिन हाने उत्कृष्ट अर्धशतक

MadhesKhabar

Leave a Comment