Madhes Khabar
खेलकुद

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

वीरगन्ज ,४भदाैं: भारतले दोस्रो टी-२० क्रिकेटमा आयरल्यान्डलाई ३३ रनले हराएको छ ।

आइतबारराति भएकाे खेलमा जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन मात्र बनाएपछि खेल भारतले जितेकाे हाे ।

आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । यस्तै, मार्क एडैरले २३ रन बनाए भने कर्टिस क्याम्फरले १८ र जर्ज डकरेलले १३ जोडे । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।यस्तै, अर्शदीप सिंहले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले ।यस्तै, सन्जु स्यामसनले ४०, रिङ्कु सिंहले ३८, शिवम् दुबेले २२ र यशस्वी जैसवालले १८ रन बनाए ।

बलिङ तर्फ आयरल्यान्डका ब्यारी म्याकार्थीले २ विकेट लिए भने मार्क ऐडर, क्रेग योंग र बेन्जामिन ह्वाइटले एक/एक विकेट लिए।

जितसँगै भारतले एक खेल अगावै शृङ्खला जितेको छ । पहिलो खेलमा भारत दुई रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।

Related posts

दोस्रो टी-२० मा भारतसँग न्युजिल्याण्ड ६५ रनले पराजित

MadhesKhabar

नेपालले आज निर्णयाक खेल केन्यासंग खेल्दै

MadhesKhabar

इंग्ल्याण्डविरुद्ध भारतको लगातार दाेस्राे जित,राेहित शर्माकाे सानदार शतक

MadhesKhabar

Leave a Comment