Madhes Khabar
खेलकुद

आफू निर्दोष भएको बताउँदै सन्दिपले भने : म सीपीएल छाडेर देश फर्कदै छु

मधेसखबर
वीरगन्ज ,२४ भदाैं : बलत्कार आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफू निर्दोष भएको बताएका हुन्।

लामिछानेले ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताए। उनले भने, ‘म निर्दोष छु र नेपालको सम्मानित कानूनमा पूर्ण विश्वास गर्छु। केही दिनमै सीपीएल छाडेर नेपाल फर्कने निर्णय गरेको छु।’

कानूनले सबैलाई समान न्याय दिने आश भएको बताउँदै उनले भने, ‘म यी सबै आधारहीन आरोपहरूको सामना गर्न तयार छु। निर्दोषलाई न्याय मिलोस् र कार्यमा सहभागी सबैमाथि सही छानबिन होस्। आशा छ कानुनले सबैलाई समान न्याय दिनेछ।’

लामिछाने उपर प्रहरी वृत्त गौशालामा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको थियो। मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ पर्ने र प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया त्यसपछि सुरु गर्ने बताएको छ।

सन्दिपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बित गरेको थियो। प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जबरजस्तीकरणी कसुरमा जाहेरी परेको भन्दै क्यानले निलम्बन गरेको हो।

Related posts

वीरगन्जमा जारी एनआई कप क्रिकेटको फाइनलमा ग्लोबल कलेज र ज्ञानदा एकेडेमी भिड्ने

MadhesKhabar

पचरौता नगरपालिकाका मेयर सिंहले क्रिकेटर अनिल र अरनिकोलाई ५० हजार दिदैं गरे सम्मानित

MadhesKhabar

परवानीपुर राईडर्स र परवानीपुर लायन्स विजयी

MadhesKhabar

Leave a Comment