Madhes Khabar
खेलकुद

परवानीपुर राईडर्स र परवानीपुर लायन्स विजयी

वीरगन्ज,४ असोजः बाराको परवानीपुरस्थित शक्ति युवा क्लबले आफना फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरेको आन्तरिक प्रतिस्पर्धामा पहिलो दिन भएको खेलमा परवानीपुर राईडर्स र परवानीपुर लायन्स विजयी भएका छन् । शुक्रबार भएको आन्तरिक प्रतिस्पर्धाको पहिलो खेलमा परवानीपुर लायन्सले परवानीपुर टाईगरलार्ई र दोस्रो खेलमा परवानीपुर राईडर्सले परवानीपुर फाईटर्सलाइ हराएको हो ।

परवानीपुर खेल मैदानमा भएको पहिलो खेलमा परवानीपुर राईडर्सले परवानीपुर टाईगरलाई १–० गोल अन्तरले हराएको हो ।ऋषी मण्डलले गरेको गोल नै निर्णायक बनेको परवानीपुर राईडर्सका कप्तान संजय मण्डलले जानकारी दिए । यस्तै दोस्रो खेलमा परवानीपुर टाईगरलाई परवानीपुर लायन्सले ट्राईबेकरमा ४–३ गोल अन्तरले हराएको हो । खेलको निर्धारित समयमा दुबै टोली दुई –दुई गोलले बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । शक्ति युवा क्लबका अध्यक्ष राजमहम्द मियाँका अनुसार शुक्रबार भएको खेलको विजेताहरुको बिचमा शनिबार बिहान फाईनल खेल हुनेछ ।

क्लबमा आवद्ध भएर नियमित रुपमा खेल अभ्यास गरीरहेका ४० जना खेलाडीहरुलाई चारवटा समुहमा विभाजित गरिएको छ ।परवानीपुर लायन्स , परवानीपुर टाईगर , परवानीपुर राईडर्स र परवानीपुर फाईटर्स सहित चार समुहमा १० –१० जना खेलाडीहरु राखिएको छ । एक समुहमा रहेका ९ –९ जना खेलाडीहरु एक पटकमा खेलिरहेका छन ।

क्लबले नियमति रुपमा अभ्यास गर्दै आएका खेलाडीहरुलाई चार टिम मध्ये विजेता समुह र खेलमा सहभागी भएका सबै समुहका खेलाडीहरुलाई शनिबार वनभोजमा सहभागी गराईने उनले बताए ।क्लबका आवद्ध रहेका खेलाडीहरुलाई खेलमा अनुशासन , विभिन्न प्रतियोगीतामा खेल्न अनुभवि बनाउन उद्येश्यका साथ विभाजित गरेर आन्तरिक प्रतियोगीता गराईएको मियाँले बताए ।

Related posts

अर्जुनको कीर्तिमानी शतकका बाबजुद नेपाल पराजित

MadhesKhabar

सोहेलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

MadhesKhabar

ठाेरी गाेल्डकप फुटबल : माडीमाथि हेटाैंडाकाे जित

MadhesKhabar

Leave a Comment