Madhes Khabar
खेलकुद

क्रिकेट प्रशिक्षक देसाईकाे मासिक तलब १५ लाख ८४ हजार

काठमाडौं ,९चैत : राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २ हजार डलरले बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक वृद्धि गर्दै १२ हजार अमेरिकी डलर पुर्‍याइएको हो ।

अब उनले मासिक नेपाली १५ लाख ८४ हजार रुपैयाको हाराहारीमा तलब बुझ्नेछन् । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सम्झौताअनुसार पारिश्रमिक बढाइएको बताए ।

उनले भने, ‘सम्झौतापत्रमै पारिश्रमिक वृद्धि गर्ने भनिएको थियो । उनले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै विश्वकप छनोटमा पुर्‍याएमा तलब वृद्धि गर्ने सम्झौता थियो । त्यहीअनुसार तलब बढेको हो ।’

मुख्य प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुको शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै स्थान बनाएको थियो । त्यस्तै, नेपालले लिग टुबाटै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउन सफल भएको थियो ।

Related posts

नेपाल कुवेतसंग ४–० ले पराजित

MadhesKhabar

साहिब दरबार टी-२० सुपर लिगकाे फाइनलमा,उपाधिका लागि वीरगन्ज ब्लाष्टरसंग भिड्ने

MadhesKhabar

माछापुच्छ्रे बैंकले जित्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि

MadhesKhabar

Leave a Comment