Madhes Khabar
खेलकुद

नेपाल कुवेतसंग ४–० ले पराजित

फाइल फोटो

मधेसखबर्
वीरगन्ज,३०जेठ : ‘एएफसी एसियन फुटबल कप २०२३’ को छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा आइतबार राति भएको तेस्रो चरण समूह ‘ए’को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो । कुवेतका लागि युसेफ अलसुलिमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे । नेपालका लागि सान्तवना गोल दर्शन गुरुङले गरेका हुन् ।

यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । प्रतियोगिता अन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेलमा इन्डोनेसियासँग यही जेठ ३१ गते मङगलबार खेल्नेछ ।

Related posts

सर्वाधिक छक्कासहित आजको खेलमा नेपालले बनाएका विभिन्न विश्व कीर्तिमानहरु

MadhesKhabar

टि-२० सिरिज : हङकङलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

ओमानसँग नेपाल ५ रनले पराजित

MadhesKhabar

Leave a Comment