काठमाडौं,२५बैशाखः काठमाडौंमा आयोजित कर्पोरेट सुपर सिक्सेस सिजन–७ क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकले जितेको छ ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा आइसिएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै माछापुच्छ्रे बैंक च्याम्पियन बनेको हो ।आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभर खेल्दै दुई विकेटको क्षतिमा पूरा ग¥यो । उसको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन बनाए ।बलिङतर्फ आइसिएफसी फाइनान्सका लागि सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको आइसिएफसी फाइनान्सले निर्धारित ५ ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो ।उसका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन बनाएका थिए । फाइनल खेलको प्लेयर अफ दी म्याच माछापुच्छ्रेका निशेष केसी चयन भए ।
प्लेयर अफ दी टुर्नामेन्ट आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल , बेस्ट बलर आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डर माछापुच्छ्रेका सृजन सुबेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रेकै निशेष केसी घोषित भए ।फेयर प्ले अवार्ड प्राइम बैंकको हातमा गर्यो ।
प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता टिमलाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले ट्रफी प्रदान गरे ।

