Madhes Khabar
खेलकुद

गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

काठमाडौं,१४चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबारराति भएको खेलमा ढिलो खेलेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना गरिएको छ । चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समयभन्दा एक ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।

उक्त खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा भने मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् ।

यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि यसपालि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

Related posts

नेपालले मलेसियालाई ५ विकेटले हरायो

MadhesKhabar

भारत र पाकिस्तानको खेल हुने दिन अहमदाबादमा होटलको भाडा बढेर १ लाख भारुसम्म पुग्यो

MadhesKhabar

आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा यूएईमाथि नेपालको राेमाञ्चक जित

MadhesKhabar

Leave a Comment