Madhes Khabar
खेलकुद

गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

काठमाडौं,१४चैतः भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबारराति भएको खेलमा ढिलो खेलेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना गरिएको छ । चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समयभन्दा एक ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।

उक्त खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा भने मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् ।

यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि यसपालि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

Related posts

प्रधानमन्त्री कप क्रिकेटः अनिल साहको कप्तानीमा मधेसको टिम घोषणा

MadhesKhabar

टी-२० सिरिजकाे उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्ने

MadhesKhabar

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

Leave a Comment