Madhes Khabar
खेलकुद

टी-२० सिरिजकाे उपाधिका लागि नेपाल र नेदरल्यान्डस् भिड्ने

काठमाडौं,२०फाल्गुन:टी-२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि फाइनल खेलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ।

नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै फाइनलमा भिड्ने टिमको टुंगो लागेको हो। अब नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल खेल हुनेछ।

अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट पाँच अंक जोड्दा नेपालको चार अंक छ। नामिबियाले भने तीन अंक मात्र जोड्न सफल भयो।

लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित निकालेको थियो।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको पहिलो इनिङ्ग्सको १५ ओभर सकिदा वर्षाले रद्द भएकाे थियाे।

Related posts

आइपिएल: हैदराबादमाथि चेन्नईकाे जित

MadhesKhabar

एपिएफलाई हराउँदै पुलिस सिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

अमेरिकासंग नेपाल फेरि पराजित

MadhesKhabar

Leave a Comment