Madhes Khabar
खेलकुद

खो खो खेल्न वीरगन्ज महानगरको टोली भक्तपुर प्रस्थान

वीरगन्ज,४फागुन:भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगन्ज महानगरपालिकाको टोली बिहीबार त्यस तर्फ प्रस्थान गरेको छ ।

टोलीलाई मेयर राजेशमान सिंहले बिहीबार बिहान टिका लगाएर विदाई गरेका छन् । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर गएका हुन् ।

टोलीको विदाई गर्दै मेयर सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिए । शुक्रबार देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजपतिले जानकारी दिए ।

Related posts

राजस्थानलाई दिल्लीले हरायाे

MadhesKhabar

पर्साकाे पुरुष र महिला दुवै टिम कबड्डी प्रतियोगिताकाे फाइनलमा

MadhesKhabar

जय ट्रफी एलिट कपमा पहिलो शतक हान्ने खेलाडी बने मधेसका मयन यादव

MadhesKhabar

Leave a Comment