Madhes Khabar
खेलकुद

खो खो खेल्न वीरगन्ज महानगरको टोली भक्तपुर प्रस्थान

वीरगन्ज,४फागुन:भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार देखि हुन लागेको अन्तर नगर पुरुष खो खो प्रतियोगितामा सहभागि हुन वीरगन्ज महानगरपालिकाको टोली बिहीबार त्यस तर्फ प्रस्थान गरेको छ ।

टोलीलाई मेयर राजेशमान सिंहले बिहीबार बिहान टिका लगाएर विदाई गरेका छन् । प्रतियोगितामा सहभागि हुन टिम म्यानेजरसहित १४ जना भक्तपुर गएका हुन् ।

टोलीको विदाई गर्दै मेयर सिंहले प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिए । शुक्रबार देखि ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न नगरपालिका तथा महानगर गरी १४ वटा टिमले सहभागिताका लागि टिम दर्ता गरेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजपतिले जानकारी दिए ।

Related posts

आसिफले बनाए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नवौँ अर्धशतक

MadhesKhabar

नारायणी रंगशाला वीरगन्जको धरोहर हो, यसको साख फर्काउनु पर्छ : मन्त्री यादव

MadhesKhabar

जिम्बाबेविरुद्धकाे टी-२० सिरिज भारतले जित्याे

MadhesKhabar

Leave a Comment