Madhes Khabar
खेलकुद

राजस्थानलाई दिल्लीले हरायाे

वीरगन्ज,२६बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ ।

२२२ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको राजस्थान ८ विकेटको क्षतिमा २०१ रनमै समेटिएपछि खेल दिल्लीले जितेको हाे ।

 

राजस्थानका लागि ओपनर यशस्वी जैसवाल २ बल खेल्दै चार रन बनाएर आउट हुँदा जस बटलरले १७ बल खेल्दै १९ रन जोडे । उसका लागि कप्तान सञ्जु सैमसनले शानदार अर्धशतक बनाए । ४६ बल खेलेका उनले ८ चौका र ६ छक्काको मद्दतमा ८६ रन पूरा गरे पनि त्यो जितका लागि पर्याप्त भएन । रियान पराग २७ रन जोडेर आउट हुँदा शिवमन दुवेले २५ रन जोडे ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका लागि खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले समान दुईदुई विकेट हात पारे । रसिक सलाम र अक्षर पट्टेलले समान एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेकाे दिल्लीले पुरा २० ओभर खेल्दै ८ विकेटकाे क्षतिमा २२० रन बनाएकाे थियाे।

दिल्लीको जितका लागि ओपनर जेक फ्रेजर म्याकगुर्कले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र तीन छक्काको मद्दतमा ५० रन र अभिषेक पाेरेलले ३६ बलमा ६५ रन बनाए ।

उसका लागि ट्रिस्टन स्टब्स ४१, गुलबदिन नायब १९ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त र अक्षर पट्टेलले समान १५–१५ रन जोडे ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले एक्लै तीन विकेट लिए । आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहलले एकएक विकेट हात पारे ।

यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १२ खेल खेलेको दिल्लीले ६ खेल गुमाउँदै १२ अंक जोडेको हो । दोस्रो स्थानमा रहेको राजस्थान भने १६ अंकका साथ यथावत छ । उसले ११ मा तीन वटा मात्र खेल गुमाएको छ ।

आईपिएल अन्तर्गत आज (बुधबार) सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्टस बिचको खेल हुँदैछ । यो खेल बेलुकी पा‌ने ८ बजे सुरु हुनेछ ।

Related posts

वीरगन्ज १० मा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु

MadhesKhabar

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा

MadhesKhabar

परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब फाईनलमा

MadhesKhabar

Leave a Comment