Madhes Khabar
खेलकुद

ठोरीमा दोस्राे राष्ट्रपति रनिङ शील्ड सुरु: पहिलाे दिन सरस्वती माविले जित्याे पाँच स्वर्ण

वीरगन्ज,२३माघ:पर्साकाे ठाेरीमा ठोरी गाउँपालिकाको आयोजनामा दोस्राे राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

बिहीबारसम्म चल्ने प्रतियाेगितामा पहिलाे दिन भएका विभिन्न स्पर्धामा सरस्वती मावि गाैतमनगरले पाँच वटा स्वर्ण पदक जितेकाे छ।यस्तै ज्ञानवाटिका मावि घ्याङडाँडाले एक स्वर्ण पदक जितेकाे छ।

यसअघि प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति पर्साकी सदस्य शुशिला बिकले गरेकी थिइन्।ठोरी गाउँपालिकाकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पुर्व उपप्रमुख ठाकुर न्यौपाने, गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, पाँच वटै वडाका वडाध्यक्ष, पुर्व वडाध्यक्ष, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ,नेकपा माओवादी केन्द्र ठोरीका सह- इन्चार्ज राम श्रेष्ठ , ठोरीका ६ वटै माविका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका शिक्षा संयोजक भुपाल जोशीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य तथा मार्च पासका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

Related posts

विश्वकप क्रिकेट भाेलिदेखि सुरु हुदैं, उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबिच

MadhesKhabar

नेदरल्याण्ड्स ९० मै अलआउट भएपछि अष्ट्रेलियाको कीर्तिमानी जित

MadhesKhabar

टि-२० सिरिजमा क्यानडासंग नेपाल पराजित

MadhesKhabar

Leave a Comment