Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेट भाेलिदेखि सुरु हुदैं, उद्घाटन खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबिच

काठमाडाैं,१७असाेज:आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता भोलि बिहीबारदेखि सुरु हुँदैछ ।

भारतका १० वटा शहरमा हुने विश्वकपकाे उद्घाटन नरेन्द्र मोदी स्टेडियममा भव्य रुपमा गर्ने तयारी छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ ।

विश्वकपको उद्घाटन खेलमा भोलि दिउँसो सवा २ बजे इङ्ल्यान्ड र न्युजिल्यान्डले खेल्ने छन् । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।

यो विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्गलाेरमा हुनेछन् । विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् । दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने यस पटक विश्वकपमा छनोट हुन असफल भयो ।

भोलि अक्टोबर ५ तारिखदेखि शुरु हुने विश्वकप आउँदो नोभेम्बर १९ तारिखसम्म ४६ दिन चल्नेछ । राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुने भएकाले सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियाेगितामा १० वटा टिमबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् ।

सन् १९७५ देखि शुरु भएको एकदिवसीय विश्वकपको यो १३ औँ संस्करण हो । यस पटकको विजेताले ४० लाख डलर, उपविजेताले २० लाख डलर र सेमिफाइनलमा पराजित हुने टिमले ८ लाख डलर पुरस्कार पाउनेछन् । एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टिम अस्ट्रेलिया हो, अस्ट्रेलियाले पाँच पटक विश्वकप जितेको छ । भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।

Related posts

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबलमा आज नेपाल र भारतकाे महिला टिमबिच मैत्रीपूर्ण खेल

MadhesKhabar

नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपकाे क्वाटरफाइनलमा

MadhesKhabar

Leave a Comment