Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटकाे उपाधिका लागि फाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

वीरगन्ज,३मंसिर: आइसिसि विश्वकप क्रिकेटको उपाधिका लागि आज आइतबार आयोजक भारत र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ।

भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी रंगशालामा यी दुईविचको फाइनल खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ देखि सुरु हुँदैछ।भारत न्युजिल्याण्डलाई तथा अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन ।

भारत जारी विश्वकपमा खेलेको सबै १० खेलमा अपराजित रहयो भने अष्ट्रेलिया १० मध्ये लिग चरणका दुई खेल भारत र दक्षिण अफ्रिकासंग पराजित भएको थियो।भारत तेस्रो पटक उपाधि चुम्न चाहन्छ भने अष्ट्रेलिया छैठौ पटक उपाधि जित्ने प्रयासमा हुनेछ।

सन् १९८३ मा कपिल देवको नेतृत्वमा भारतले पहिलो पटक विश्व कप जितेको थियो। अर्को २०११ मा मुम्बईमा महेन्द्रसिंह धोनीको नेतृत्वमा विश्व कप जितेको थियो।

अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरि ५ पटक विश्वकप जितेकाे छ।

सन २००३ को विश्वकपको फाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए।जहाँ अस्ट्रेलियाले ३ सय ५९ रनको विशाल स्कोर बनाएको थियो।भारत २ सय ३४ रनमा अलआउट भएको थियो ।

एकदिवसीय क्रिकेटमा भारत र अस्ट्रेलिया जम्मा १ सय ५० पटक आमनेसामने भएका छन् । त्यसमध्य अष्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ।विश्वकपमा १३ पटक आमने सामने भएका छन्।अस्ट्रेलियाले ८ र भारतले ५ पटक जितेको छ।

Related posts

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

पपुवा न्यूगिनी ९५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गौरबको योजनामा राखिएन भने आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment