Madhes Khabar
खेलकुद

पन्चगावाँ गोल्डकप फुटबलको फाइनलमा वीरगन्ज युथ एकेडेमी र आराभर भेट्रान्स भिड्ने

वीरगन्ज,१५जेठ:पर्साकाे सखुवा प्रसौनी गाउँपालिका–२ मा जारी तेस्रो पंचगावाँ गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा जित हात पार्दै आराभर भेट्रान्स युवा क्लब वीरगन्ज फाइनलमा प्रवेश गरेको छ।

श्रीपुर पन्चगावाकाे खेलमैदानमा भएको खेलमा वीरगन्जले अभिषेक चर्च रजहर युवा क्लब पटेर्वासुगौलीलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

जेठ १७ गते हुने फाइनल खेलमा उस्काे भिडन्त वीरगन्ज युथ एकेडेमीसंग र आराभर भेटरानस युवा हुनेछ।

सखुवा प्रसाैनी गाँउपालिकाकाे सहयाेगमा न्यु मुनसन युवा स्पोर्ट क्लब श्रीपुर पन्चगावाले प्रतियोगिता आयाेजना गरेको हो।

Related posts

एसियाली खेलकुदको करातेमा नेपालकी एरिकाले जितिन् ऐतिहासिक रजत पदक

MadhesKhabar

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न वीरगन्जमा स्पाेर्ट्स एकेडेमी सञ्चालन

MadhesKhabar

विजयउत्सव मनाउन जनकपुर बोल्ट्सको टिम वीरगन्जपनि आउने

MadhesKhabar

Leave a Comment