Madhes Khabar
खेलकुद

महिला टि–२० सिरिज खेल्न नेपाली टोली हङकङ प्रस्थान

काठमाडौं,२६कार्तिकःचार देश सम्मिलित महिला टि–ट्वान्टी सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज आइतबार हङकङ प्रस्थान गरेको छ ।

कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त सिरिजमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । सिरिजको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ ।

त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त सिरिजका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् । – रासस

Related posts

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपकाे फाइनलमा

MadhesKhabar

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

MadhesKhabar

मंगाेलियाविरुद्ध नेपालको सानदार जित, एउटै खेलमा बनायो चार वटा विश्वकीर्तिमान

MadhesKhabar

Leave a Comment