Madhes Khabar
खेलकुद

क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल साह र देव खनाल टिममा समेटिए

काठमाडौं,२फाल्गुन:आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार साह र देव खनाल समेटिएका छन् ।

यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवैले क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लगत्तै उनीहरू लिग–२को लागि टिममा परेका हुन् । यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन् ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज त्रिवि क्रीकेट मैदानमा बिहिबारदेखि सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच यस सिरिजमा प्रतिस्पर्धा हुनेछ । नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Related posts

आईपीएलमा आज मुम्बई र हैदराबाद भिड्दै

MadhesKhabar

पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्याे

MadhesKhabar

आईपिएल क्रिकेटमा आज पञ्जाब र राजस्थान खेल्दै

MadhesKhabar

Leave a Comment