Madhes Khabar
खेलकुद

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं,२२मंसिरः नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली विजयी भउको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले विराटनगर किंग्सलाई ७ रनले हराएको हो ।

१३४ रन पछ्याएको विराटनगर पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२६ रनमै समिति भएपछि खेल कर्णालीले जितेको हो । उसका लागि निकोलस किर्तोनले सर्वाधिक ४० रन बनाए।बलिङ् तर्फ कर्णालीका लागि नन्दन यादव ३ , विपिन शर्माले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।उसका लागि बोसिस्टोले सर्वाधिक ६६ रन बनाए । यस्तै ओपनर देव खनालले ५३ रन बनाए । ओपनर शिखर धवन भने ५ रनमै आउट भए । बलिङ्तर्फ विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए ।

 

Related posts

भारत अष्ट्रेलियासंग ६६ रनले पराजित

MadhesKhabar

वीरगन्ज गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र पुलिस भिड्ने

MadhesKhabar

वीरगन्जमा एनआई कप क्रिकेट सुरु : ग्लोबल र सेन्ट जेभियर्स कलेजको जीत

MadhesKhabar

Leave a Comment