Madhes Khabar
खेलकुद

भारत अष्ट्रेलियासंग ६६ रनले पराजित

वीरगन्ज,११असाेज:भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ ।जितसँगै अस्ट्रेलिया क्लिन स्वीप हुनबाट जोगिएको छ ।

तीन खेलको शृङ्खला भारतले एक खेल अगावै जितेको थियो ।बुधबारराति भएको तेस्रो खेलमा भारत ६६ रनले पराजित भएकाे हाे ।जितको लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ४ बलमा २ सय ८६ रनमा अलआउट भयो ।

भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८१ रन बनाए भने विराट कोहली ५६ रनमा आउट भए । श्रेयस ऐरले ४८ रन जोडे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए ।

त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ९६ रन बनाए । स्टिभ स्मिथले ७४, मार्नस लाबुसेनले ७२ र डेविड वार्नरले ५६ रन जोडे । भारतका जस्प्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।

Related posts

वीरगन्जमा यू–१९ विश्वकप छनोटको तयारी : दिल्लीमाथि नेपालको सानदार जित

MadhesKhabar

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दिपको समर्थनमा वीरगन्जमा युवाहरुको प्रदर्शन

MadhesKhabar

आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

MadhesKhabar

Leave a Comment