Madhes Khabar
खेलकुद

जय ट्रफी एलिट कपमा पहिलो शतक हान्ने खेलाडी बने मधेसका मयन यादव

तस्बिर : क्यान ।

वीरगन्ज,२२पुसःवीरगन्ज र जनकपुरमा एकसाथ चलिरहेको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगितामा पहिलो शतक मधेस प्रदेशका मयन यादवले प्रहार गरेका छन् ।

जनकपुरमा भएको बागमती प्रदेशबिरुद्धको पहिलो खेलमा मधेस प्रदेश टिमबाट खेलिरहेका मयनले दोस्रो इीनङ्समा शतक प्रहार गरेका हुन् ।

उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्कासहित १ सय ६रन बनाए । मयनले जय ट्रफी मेन्स एलिट कपको इतिहासमा नै पहिलो शतक बनाएका हुन् । मयनले १ सय २ बलमा शतक पूरा गरेका हुन् ।

मयनको शतकका बाबजुद मधेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ ।सोमवार जनकपुरमा सम्पन्न मधेस र बागमतीबीचको खेल बराबरीमा सकिएको हो । मधेसले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा ६ विकेट गुमाएर ९७ रन मात्र जोडेसँगै खेल बराबरीमा सकिएको हो ।
बागमतीका लागि रित गौतमले सर्वाधिक २५ रन, शुभ कसांकारले २३ रन , आशुतोष घिरैयाले १७ रन र प्रतिस जिशीले १६ रन बनाए ।बलिङ्तर्फ दोस्रो इनिङ्समा मधेसका लागि कप्तान हरिशंकर साहले तीन तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान एक–एक विकेट लिए ।

पहिलो इनिङ्समा ४८ रनले पछि परेको मधेसले दोस्रो इनिङमा मयनको शतक सहयोगमा २ सय ११ रन थपेको थियो । दोस्रो इनिङ्समा मधेसले १ सय ६३ रनको अग्रता लिएको थियो ।उसका लागि दोस्रो इनिङ्समा अभिषेक तिवारीले १९ रन , निरज यादवले १७ तथा विशाल पटेल र रुपेश सिंहले समान १४–१४ रन बनाए ।बलिङ्तर्फ दोस्रो इनिङ्समा बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए ।सुर्य तामाङले दुई तथा नन्दन यादव र रिजन ढकालले समान एक–एक विकेट लिए ।

त्यसअघि आइतवार जनकपुरमा सुरु खेलमा मधेसले टस जितेर पहिले ब्याटिङ् गर्दै पहिलो इनिङ्समा१ सय २ रन बनाएको थियो ।
खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा अग्रता लिएका कारण बागमतीले नियमित ७ तथा बोनसको १५ गरि कूल २२ अंक पाएको छ । पहिलो इनिङ्समा पछि रहेका कारण मधेसले नियमित ३ तथा बोनसको १४ गरि कूल १७ अंक पाएको छ ।

 

Related posts

निर्मल समाज युवा क्लब ठोरी फाइनलमा

MadhesKhabar

कोलकत्तालाई हराउँदै सिमरा फाइनलमा

MadhesKhabar

जनकपुरकाे लगातार चाैंथाे हार,सुदुरपश्चिम प्लेअफमा

MadhesKhabar

Leave a Comment