Madhes Khabar
खेलकुद

अर्जुनको कीर्तिमानी शतकका बाबजुद नेपाल पराजित

काठमाडौं,२५चैतः ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकका बाबजुद नेपाल ‘ए’ आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पराजित भएको छ ।

आइतबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ६९ रनले पराजित भएको हो ।जितसँगै आयरल्यान्डले सिरिजमा क्लिन स्विप गरेको छ ।

आयरल्यान्डले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले ३४.४ ओभरमा अल आउट हुँदै २ सय १५ रन मात्र बनाउँन सक्यो ।नेपालका लागि ओपनर अर्जुन कुमालले १ सय १८ बलमा १४ चौकाको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेले । नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने अर्जुन पहिलो क्रिकेटर हुन् । अर्का ओपनर अर्जुन साउदले ३० बलमा ३६ रन बनाए ।नरेन भट्ट र रुपेश सिंहले समान १५÷१५ रन बनाए ।

बलिङ्तर्फ आयरल्यान्डका लागि बेन ह्वाईट एक्लैले पाँच विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो ।उसका लागि ओपनर स्टेफन डोहानीले १ सय २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले । करियरको पहिलो शतक उनले १ सय २६ बलमा पुरा गरेका थिए ।

नेपालका लागि रन्जित कुमार तथा रिजन ढकालले समान तीन तीन तथा विकास आग्री र साहब आलमले समान एक एक विकेट लिए ।

Related posts

अन्तिम ओभरमा फिल्डिङमा कमजाेरी हुँदा भारतसँग हार बेहाेर्नु पर्‍याे : कप्तान राेहित पाैडेल

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेस पुलिससंग पराजित

MadhesKhabar

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

MadhesKhabar

Leave a Comment