Madhes Khabar
खेलकुद

वीरगन्ज युनाइटेड परवानीपुर गोल्डकप फुटबलको फाइनलमा

वीरगन्ज,३०माघःवीरगन्ज युनाइटेड क्लब,चौंथो परवानीपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वीरगन्ज–२१ परवानीपुरको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा रोमन फुटबल क्लब हरिवन सर्लाहीलाई पराजित गर्दै वीरगन्ज फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेलको अन्तिम नतिजा ट्राइबेकरबाट गरिएको हो । ट्राइबेकरमा वीरगन्जले हरिवनलाई ७–६ ले पराजित गरेको हो । उक्त खेलको म्यान अफ दी म्याच वीरगन्जका गोलरक्षक दिलमणी चौधरी घोषित भए । उनलाई वीरगन्ज भेट्रान सिटीका अध्यक्ष सबिन वसनेतले नगद ५ हजार सहित ट्रफी प्रदान गरे।

प्रतियोगितामा दोस्रो तथा अन्तिम सेमिफाइनल खेल बिहीबार नव जनजागृती युवा क्लब सिमरा बारा र बेङखाडी युवा क्लबबिच हुने आयोजक टिमका सदस्य इमाम आलमले जानकारी दिए ।

 

Related posts

क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा वीरगन्जका शेख दाजुभाईसहित मधेसका ९ खेलाडी

MadhesKhabar

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

MadhesKhabar

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

Leave a Comment