Madhes Khabar
खेलकुद

क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा वीरगन्जका शेख दाजुभाईसहित मधेसका ९ खेलाडी

बारा,१५फाल्गुन: नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ का लागि सार्वजनिक गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को सूचीमा मधेस प्रदेशका ९ खेलाडी परेका छन्। मासिक सेवा सुविधा दिनेगरी क्यानले पाँच तहको ग्रेड विभाजन गर्दै पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई वर्गीकरण गरेको हो।

क्यानले गरेको वर्गीकरणमा मधेस प्रदेशबाट सात पुरुष र दुई महिला खेलाडी परेका छन्। क्यानको वर्गीकरणमा पर्नेमा दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका बाराका अनिल साह र पवन सर्राफसमेत छन्।

वर्गीकरण अनुसार पर्साबाट तीन, बाराबाट दुई, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीबाट एक-एक जना खेलाडी छन्। क्यानको ग्रेड ‘ए’ को सूचीमा पर्साकाे वीरगन्जका आशिफ शेख छन्। उनले मासिक एक लाख तलब सुविधा पाउने भएका छन्।

 

त्यसैगरी ग्रेड ‘बी’मा पर्साकाे वीरगन्जकै आरिफ शेख र सर्लाहीका गुलशन झा रहेका छन्। उनीहरुले मासिक ७० हजार तलब पाउनेछन् । ग्रेड ‘डी’ मा बाराका अनिल साह, पवन सर्राफ र सप्तरीका विवेक यादव छन् । उनिहरुले मासिक ३५ हजार पाउने भएका छन्।

क्यानले ईमर्जिङ क्याटोगोरीमा मधेस प्रदेशबाट सिरहाका रुपेश सिंहलाई राखेको छ। सिंहले २५ हजार मासिक तलब लिनेछन्। यता महिलातर्फ महोत्तरीकी पूजा महतो र पर्साकी साना प्रविण क्यानको सूचिमा परेका छन्। ग्रेड ‘सी’ मा रहेकी महतोले ३० हजार पाउनेछिन् भने प्रविणले २० हजार मासिक प्राप्त गर्नेछिन्।

यसअघि ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ तीन तहमा वर्गिकरण गर्दै आएको क्यानले यस पटक ग्रेड ‘डी’ र ईमर्जिङ क्याटोगोरी थप गरेको हो। क्यानको फाल्गुन १२ र १४ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन्।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

सखुवाप्रसाैनीकाे राष्ट्रपति रनिङ शील्ड दीपनारायण आदर्श उच्च माविलाई

MadhesKhabar

टी-२० विश्वकप जित्ने टिमले नगद साढे ३२ कराेड रुपैयाँ पुरस्कार पाउने

MadhesKhabar

आईपीएलमा आज मुम्बइ र दिल्ली तथा लखनउ र गुजरात भिड्दै

MadhesKhabar

Leave a Comment