Madhes Khabar
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको पहिलो हार

वीरगन्ज,१९चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशविरुद्व ६ विकेटको जित दर्ता गरेको छ । जनकपुरधामस्थित रामजानकी क्रिकेट मैदानमा बुधबार भएको खेलमा मधेसले दिएको १८५ रनको लक्ष्य २९.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।

आर्मीको जितमा त्रितराज दासले ६९ रनको अर्धशतकीय पाली खेले । दासले ७२ बलमा सात चौका र तीन छक्का प्रहार गरे । यसैगरी बसिर अहमदले अविजित ४१, कप्तान विनोद भण्डारीले ३२ र कुशल मल्लले २४ रन बनाए ।

मधेसका आदिल आलमले दुई विकेट लिए भने पवन सर्राफ र विशाल सिस्लुङले समान एक÷एक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको मधेसले ४८.३ ओभरमा सबै विकेट गुमाएर १८४ रन जोडेको थियो । मधेसका लागि विशाल सुस्लिङले अर्धशतक बनाए । विशालले ७३ बलमा ५१ रन जोडे ।

 

यसैगरी कप्तान अनिल साहले ४२, पवन सर्राफले २२ र विशाल पटेलले १६ रन बनाए । मधेसका अन्य ब्याटर चल्न सकेनन् । मधेसलाई मध्यम योगफलमा रोक्न आर्मीले सात बलरको प्रयोग ग¥यो । जसमध्ये बसिर अहमदले तीन विकेट चट्काउँदा साहब आलम र नरेन साउदले दुई–दुई विकेट लिए ।

यसैगरी आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले एक-एक विकेट हात पारे । जितसंगै आर्मी शीर्षस्थानमा उक्लिएको छ । पाँच खेलबाट आर्मीले ९ अंक बटुलेको छ । प्रतियोगितामा पहिलो हार व्यहोरेको मधेस सात अंकका साथ तेस्रो स्थानमा झरेको छ ।

Related posts

वीरगन्ज युनाईटेडले जित्याे लहान मेयर गाेल्डकप फुटबलको उपाधि

MadhesKhabar

खेलकुदमा वीरगन्ज महानगरको अद्वितीय सफलता : राष्ट्रपति रनिङ शिल्डमा लगातार तेस्रो वर्ष प्रथम

MadhesKhabar

टी-२० क्रिकेटमा नेपालकाे लगातार चौथो हार

MadhesKhabar

Leave a Comment