Madhes Khabar
खेलकुद

टी-२० क्रिकेटमा नेपालकाे लगातार चौथो हार

काठमाडौं,२२माघ: काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट शृंखलामा नेपालले चौथो हार व्यहोरेको छ। क्रीतिपुरकाे त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसंग फेरि ५ रनले पराजित भएको हो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ।

थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा १०१ रनमात्र बनाउन सक्यो। नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्। त्यस्तै कविता जोशीले २४, पूजा महतोले ८ र रोमा थापाले अविजित १ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो। थाइल्यान्डका लागि चनिदा सुथिरुले सर्वाधिक २७ रन बनाइन् भने थिप्त्चा पुथावोङले २५ रन बनाइन्।

 

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिँदा पूजा महतो र रचना चौधरीले १-१ विकेट लिए। यसअघि नेपाल आफ्नो तीनवटै खेलमा पराजित भएको थियो।

Related posts

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

विश्वकप क्रिकेटमा बंगलादेशकोपनि सुखद सुरुवात

MadhesKhabar

Leave a Comment