Madhes Khabar
खेलकुद

नेपालकाे लगातार दाेस्राे जित,कतार १६ रनले पराजित

वीरगन्ज,२०असाेज:नेपालले कतारलाई पराजित गरेकाे छ।ओमानमा साेमबार भएको अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेकाे हाे।

नेपालले दिएकाे १७१ रनकाे लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कतारले पुरा २० ओभरमा ६ विकेट गुमाएर १७४ रनमात्र बनाउन सक्याे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियाे।

नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाए। अर्का ओपनर आसिफ शेख ११ रन तथा कप्तान रोहितकुमार पौडेल ८ रनमा आउट भएका थिए।

दीपेन्द्रसिंह ऐरीले २१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाउँदा कुशल मल्लले पनि नटआउट ३८ रन नै जोडे। कुशलले २९ बलमा १ चौका र २ छक्का हिर्काए।

सन्दीप जोरा १ रन र लोकेश बम २ रनमा आउट भए भने आरिफ शेखले ९ बलमा १३ रन बनाए।

बलिङमा कतारका शारिक मुनिर र इक्रामुल्लाहले २-२ विकेट लिए।

नेपालले पहिलो अभ्यास खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल युएईमा वेस्ट इन्डिजमाथि २-१ ले सिरिज जितेर ओमान पुगेको हो।

ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। नेपालले कुवेतसँग आगामी बुधबार र जापानसँग शुक्रबार खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ। सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन्।
तीन समूहका शीर्ष २-२ टोली गरी सुपर-६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।

Related posts

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै

MadhesKhabar

एसिया कपमा आज नेपालकाे भिडन्त भारतसंग

MadhesKhabar

अर्जुनको कीर्तिमानी शतकका बाबजुद नेपाल पराजित

MadhesKhabar

Leave a Comment