वीरगन्ज,१९पुसःवीरगन्ज र जनकपुरमा यहि पुस २१ गतेदेखि हुन लागेको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा टोली गरेको छ ।पुलिस क्लबले शुक्रबार आरिफको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । आरिफ वीरगन्ज–१२ मूर्लीका स्थायीबासिन्दा हुन् ।
पुलिस क्लबका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
आरिफको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला छन् ।
पुलिस क्लबको पहिलो खेल उद्घाटनकै दिन त्रिभुवन आर्मी क्लबसँग रहेको छ । दोस्रो खेलमा उसले मधेस प्रदेशसँग खेल्नेछ भने लिग चरणको अन्तिम खेलमा पुलिस क्लबले बागमती प्रदेशको सामना गर्ने छ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशको सहभागिता रहने छ ।

