Madhes Khabar
खेलकुद

खेलकुदमा वीरगन्ज महानगरको अद्वितीय सफलता : राष्ट्रपति रनिङ शिल्डमा लगातार तेस्रो वर्ष प्रथम

वीरगन्ज,१८जेठः वीरगन्ज महानगरपालिकाले लगातार तेस्रो वर्ष पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ ।लगातार तेस्रो वर्ष प्रतियोगिता जित्दै वीरगन्ज महानगरपालिकाले शिल्डपनि आफ्नो कब्जामा लिन सफल भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नियम अनुसार, लगातार तीन वर्षसम्म प्रथम हुने टोलीले शिल्ड स्थायी रूपमा आँफुसंग राख्न पाउने व्यवस्था छ ।

वीरगन्जको नारायणी रंगशालामा शुक्रबार र शनिबार गरी दुई दिनसम्म आयोजित १५ औं पर्सा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कूल ३१ वटा स्वर्ण पदक जित्दै वीरगन्ज महानगरपालिका लगातार तेस्रो पटक प्रथम बनेको हो ।ययसअघि २०८१ र २०८० मा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि वीरगन्ज महानगगरपालिका प्रथम भएको थियो ।

प्रतियोगितामा पर्सागढी नगरपालिकाले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त ग¥यो भने सखुवा प्रसौनी गाउँपालिका ४ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा वीरगन्ज महानगरसंगै पर्सागढी नगरपालिका , सखुवा प्रसौनी र जिराभवानी गाँउपालिकाले भाग लिएका थिए । प्रतियोगितामा भलिबल,कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते खेल समावेश गरिएका थिए ।

लगातार तेस्रो पटक सम्म जित हात पारेर भित्र्याएको शिल्ड आइतबार एक कार्यक्रमकाबीच महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरिएको छ । शिल्ड ग्रहण गर्दै मेयर सिंहले खेलाडीहरूको मेहनत र समर्पणको प्रशंसा गर्दै भविष्यमा खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसअवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले लगातार तेस्रो वर्षपनि प्रतियोगिता जित्नुले वीरगन्ज महानगरपालिकाले खेलकुद क्षेत्रमा गरिरहेको लगानी र त्यसको प्रतिफल देखाएको बताए । महानगरले खेलाडीहरूको प्रोत्साहन र विकासमा निरन्तर ध्यान दिँदै आएको उनले बताए ।

शिल्ड हस्तान्तरण कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, मेयरका प्रेस सल्लाहकार नवराज फुयाँल, खेल प्रशिक्षक विश्वेश्वर पटेल, जिल्ला तेक्वान्दो संघ पर्साका अध्यक्ष गणेश श्रेष्ठ, खेलकुद शाखाका प्रकाश शर्मा लगायतकाकोपनि उपस्थिति थियो ।

Related posts

सोनार प्रिमियर लिगमा रोहित ज्वेलरी र सोनार युवा अभियान विजयी

MadhesKhabar

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

MadhesKhabar

राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा मधेसले जित्यो दुई स्वर्णसहित ६ पदक

MadhesKhabar

Leave a Comment