Madhes Khabar
खेलकुद

सोनार प्रिमियर लिगमा रोहित ज्वेलरी र सोनार युवा अभियान विजयी

मधेसखबर
वीरगन्ज,२७माघ : वीरगन्जमा जारी सोनार प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा रोहित ज्वेलरी इण्डष्ट्रिज र सोनार युवा अभियान विजयी भएका छन् ।

आदर्शनगर रंगशालामा शुक्रबार भएको पहिलो खेलमा रोहित ज्वेलरी इण्डष्ट्रिजले के.एस. सुपर किंग्सलाई ८ रनले पराजित गरेको हो । रोहित ज्वेलरी इण्डष्ट्रिजले दिएको ११८ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिंगमा उत्रिएको के.एस. सुपर किंग्सले १९ ओभर २ बलमा अलआउट हुदैं १०९ रन मात्र बनाएपछि खेल रोहित ज्वेलरी इण्डष्ट्रिजले जितेको हो ।यसअघि पहिले व्याटिंग गरेको रोहित ज्वेलरी इण्डष्ट्रिजले १६ ओभरमा अलआउट हुदै ११७ रन बनाएको थियो ।

शुक्रबार नै भएको अर्को खेलमा सोनार युवा अभियान विजयी भएको छ । सोनार युवा अभियानले सन्तोष ११ लाई ५० रनले हराएको हो । टस हारेर पहिले व्याटिंग गरेको सोनार युवा अभियानले पुरा १९ओभरमा अलआउट हुदै १२३ रन बनाएको थियो । १२४ रनको लक्ष्यका साथ जवाफी व्याटिंगमा उत्रिएको सन्तोष ११ ले १७ ओभरमा अलआउट हुदै ७३ रन मात्र बनाएपछि सोनार युवा अभियानले खेल जितेको हो । उक्त खेलको म्यान अफ दी म्याच सोनार युवा अभियानका चन्दन सर्राफ घोषित भए ।

पर्सा सुन चाँदी कालिगढ संघले माघ २१ गते देखि आयोजना गरेको प्रतियोगितामा ८ टिमले भाग लिएका छन् । फागुन ६ गते सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार सहित ट्रपी र उपविजेता टिमले नगद २५ हजार सहित ट्रफी प्राप्त गर्ने संघका अध्यक्ष राजु सर्राफले जानकारी दिए ।

Related posts

एसिया कपकाे फाइनलमा आज भारत र श्रीलङ्का भिड्दै

MadhesKhabar

पर्साको जानकीटोलामा क्रिकेट टुर्नामेन्ट सुरु, गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

चीनमा भारतीयको विश्वकीर्तिमान ध्वस्त गर्दा भारतीय मिडियामा नेपाली क्रिकेटरको व्यापक चर्चा

MadhesKhabar

Leave a Comment