Madhes Khabar
खेलकुद

एसिया कपकाे फाइनलमा आज भारत र श्रीलङ्का भिड्दै

वीरगन्ज ,३१भदाैं: एसिया कप क्रिकेटको उपाधिका लागि फाइनलमा आज (आइतबार ) भारत र श्रीलङ्का खेल्दैछन् ।फाइनल खेल नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि कोलोम्बोमा सुरु हुनेछ ।

श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो ।

श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् ।

यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपकाे उपाधि जितेका छन् ।

Related posts

आफू निर्दोष भएको बताउँदै सन्दिपले भने : म सीपीएल छाडेर देश फर्कदै छु

MadhesKhabar

आइपीएलमा राजस्थानकाे लगातार दाेस्राे जीत

MadhesKhabar

टी–२० विश्वकप : दक्षिण अफ्रिकासंग खेल्दै नेपाल, सन्दिप लामिछानेपनि टिममा समावेश

MadhesKhabar

Leave a Comment