Madhes Khabar
खेलकुद

आइपीएलमा राजस्थानकाे लगातार दाेस्राे जीत

वीरगन्ज,१६च‌ैत:भारतमा जारी ईन्डियन प्रिमियर लिग(आइपीएल) मा बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ ।

राजस्थानकाे सवाइमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेकाे हाे।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउँन सक्यो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४९ रन बनाए । ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४४ रनमा अविजित रहे । कप्तान रिषभ पन्तले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । मिचेल मार्शले १२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाए ।

बलिङतर्फ राजस्थानका लागि नान्द्रे बर्गर र युजभेन्द्र चहलले समान २/२ तथा आबेस खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएकाे थियाे।उसका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ८४ रनको अर्धशतकीय ईनिङ खेले । रविचन्द्रन आश्विनले १९ बलमा ३ छक्काको सहयोगमा २९ रन बनाए । रियान र आश्विनले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

पराग र धुव्र जुरेलले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । जुरेलले १२ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए । सिमरन हिटमायरले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ तथा कप्तान सन्जु सामसनले १४ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

छैटौं विकेटका लागि पराग र हिटमायरले १६ बलमा अविजित ४३ रनको साझेदारी गरे । राजस्थानले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

दिल्लीका लागि मुकेश कुमार, एनरिक नोर्किया, खलिल अहमद, कुलदिप यादव र अक्षर पटेलले समान १/१ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको राजस्थान दोस्रो स्थानमा कायमै छ । पराजित दिल्ली अंककिहिन रहदै अंकतालिकाको आठौं स्थानमा छ ।

Related posts

परवानीपुर गोल्डकप फुटबल चैत ३ गतेदेखि

MadhesKhabar

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

MadhesKhabar

विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्यान्ड खेल्दै

MadhesKhabar

Leave a Comment