Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जका आसिफ शेख अमेरिकामा प्लेयर अफ द म्याच घाेषित

काठमाडौं,५कार्तिक :अमेरिकाविरुद्धको तेस्रो टि-२० खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् ।

डालसस्थित ग्राण्ड प्रेरीमा सोमबार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका वीरगन्जका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए ।

आसिफले आफ्नो टि-२० करियरमा तेस्रो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । यसअघि आसिफले सन् २०२२ मा मलेसियाविरुद्ध पहिलो तथा २०२३ मा युएईविरुद्ध दोस्रो पटक प्लेयर अफ द म्याच जितेका थिए ।

अमेरिकाविरुद्धको ३ वटा टि-२० सिरिज नेपालले क्लिन स्विप गरेको हो । तेस्रो टि-२० मा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि-२० आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि-२० आई सिरिज क्लिन स्विप गरेको थियो । नेपालले १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

Related posts

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

MadhesKhabar

भारतलाई हराउँदै अष्ट्रेलियालाई छैठाैं पटक जित्याे विश्वकप क्रिकेटको उपाधि

MadhesKhabar

विश्वकप क्रिकेटमा भारतकाे लगातार चाथाे जीत, कोहलीले शतक हानेपछि बंगलादेश पराजित

MadhesKhabar

Leave a Comment