काठमाडौं,५कार्तिक :अमेरिकाविरुद्धको तेस्रो टि-२० खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् ।
डालसस्थित ग्राण्ड प्रेरीमा सोमबार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका वीरगन्जका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए ।
आसिफले आफ्नो टि-२० करियरमा तेस्रो पटक प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् । यसअघि आसिफले सन् २०२२ मा मलेसियाविरुद्ध पहिलो तथा २०२३ मा युएईविरुद्ध दोस्रो पटक प्लेयर अफ द म्याच जितेका थिए ।
अमेरिकाविरुद्धको ३ वटा टि-२० सिरिज नेपालले क्लिन स्विप गरेको हो । तेस्रो टि-२० मा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि-२० आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो ।
यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि-२० आई सिरिज क्लिन स्विप गरेको थियो । नेपालले १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

