Madhes Khabar
समाचार हेडलाइन

पर्साको सोनवर्षामा मकवानपुरका गाँजा कारोबारीलाई बन्धक बनाएर राखेको खुलासा, एक जना पक्राउ

प्रमोद यादव

पर्सा,१ भदौंःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ बाट ५ महिनापहिले प्रहरीले पक्राउ गरेको गाँजासहितको ट्याक्टर प्रकरणमा अनुसन्धानका लागि एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानका लागि पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षाका हयात अन्सारीलाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले गत शुक्रबार नियन्त्रणमा लिएको हो । अन्सारीलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमै राखिएको छ ।

गत फागुन २६ गते जगरनाथपुर गाँउपालिका–४ बाट २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसबेला उक्त ट्याक्टरका चालक र तस्करहरु फरार भएकाले उनिहरुलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको थियो ।

फागुन २६ गते बरामद गाँजसहित नियन्त्रणमा लिइएको ट्याक्टरको धनीको खोजीका क्रममा अनुसन्धनका लागि लागि हयात अन्सारीलाई गत शुक्रबार नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरे । उनले भने, शंका लागेर उनलाई अनुसन्धानका लागि ल्याइएको हो । बरामद ट्याक्टरको धनीको नाम खुल्न सकेको छैन । यातायात व्यवस्था कार्यालयमा बुझ्ने काम भइरहेको छ ।

प्रहरी श्रोतका अनुसार, मकवानपुरको मनहरीका एक गाँजा कारोबारीलाई गाँजाको कारोबारको लेनदेनका विवादमा सोनवर्षाका समसुल र हयात लगायतका व्याक्तिहरुले सोनवर्षामै पाँच सात दिनदेखि बन्धक बनाएरु राखेका थिए । त्यसपछि मनहरीका ती कारोबारीकी पत्निले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यहि उजुरीको आधारमा गत शुक्रबार ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले मनहरीका ती कारोबारीको उद्धार गरेर उनलाई पत्निको जिम्मा लगाएर घर पठाएको थियो भने हयातलाई नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक अधिकारीले भने, अपहरण वा बन्धक बनाएर राखेको होइन । लेनदेनका विवादमा ती व्याक्तिलाई सोनवर्षास्थित कुखुरा फारममा राखेका रहेछन् । हामीले ती व्याक्तिलाई उनको श्रीमतिको जिम्मा लगाएर घर पठाइदियौं । हयात अन्सारीलाई भने अनुसन्धानका लागि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेका छौं ।

मकवानपुरको पहाडी भेगमा उत्पादित गाँजा र चरेस भरियामर्फत पर्सा राष्टिय निकुञ्जको जंगलको बाटो हुदैं पर्साको सोनवर्षा, सुर्वणपुर, विजयवस्ती लगायतका गाँउमा ल्याएर भण्डारण गर्ने गरिन्छ । त्यहाँबाट रातिको समयमा मोटरसाइकल,ट्याक्टर लगायतका सवारीसाधनमा लोड गरेर सीमापारी भारततर्फ तस्करी हुदैं आएको छ । साथै पटेर्वासुगौली गाँउपालिकाको रंगपुरगादी र सोनवर्षामा गाँजाका कारोबारीहरुको जमघट हुने र त्यहीँ गाँजाका कारोबारीहरुको आर्थिक लेनदेनसमेत हुदैं आएको स्थानीयले बताएका छन् ।

Related posts

रास्वपा केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका पर्सा जिल्लाका तीनमध्ये दुई जना निर्वाचित

MadhesKhabar

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

MadhesKhabar

रसुवा बाढीपीडितका लागि पर्साकाे ठाेरी गाउँपालिकाले पनि दियाे ११ लाख रुपैयाँ

MadhesKhabar

Leave a Comment