Madhes Khabar
राजनीति हेडलाइन

किसान श्रेष्ठ विरुद्ध प्रचार गरेका काँग्रेस बाराका उपसभापति पाल पार्टीबाट निष्काशीत

मधेसखबर
वीरगन्ज, ०३ मंसिर : नेपाली काँग्रेसले बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका आधिकारिक उम्मेदवार किसान श्रेष्ठको विरुद्धमा प्रचार प्रसार गरेको भन्दै पार्टीका जिल्ला उपसभापति सहित तीन जना नेतालाइ कारबाही गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले काँग्रेस जिल्ला उपसभापति अमिरीलाल राउत भेडिहर ,जिल्ला सदस्य हरि थपलिया र क्षेत्रीय प्रतिनिधी सुशील ढोडारीलाई पार्टीको साधरण सदस्य समेतबाट निलम्बित गरेको हो ।

बारा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नकेपा एकिकृत समाजवादीका किसान श्रेष्ठ उम्मेदवार छन् ।
पार्टीको आधिकारिक उम्मेदवार श्रेष्ठ विरुद्ध प्रचार प्रसारमा संलग्न भएकाले तीनै जनालाइ काँग्रेसको विधान २०१७ को धारा ३४ बमोजिम पार्टीको साधरण सदस्य समेत नरहने गरि निलम्बन गरिएको काँग्रेसको केन्द्रिय अनुशासन समिति संयोजक आनन्द प्रसाद ढुंगानाद्धारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Related posts

नारायणी अस्पतालमा एमआरआई सेवा अषाढ १५ गतेदेखि सुरु हुन्छ : डाक्टर सिंह

MadhesKhabar

पोखरियाको सतवरिया विधालयमा शिक्षकको कमी हुदा पठनपाठन प्रभावित

MadhesKhabar

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, ३ घाइते

MadhesKhabar

Leave a Comment