वीरगन्ज,१४पुष: नेकपा एमाले निकटका पत्रकारहरुकाे संगठन प्रेस चाैतारी नेपाल पर्साकाे अध्यक्षमा तुलसी भण्डारी सर्वसम्मत चयन भएका छन्।
वीरगन्जमा शुक्रबार सम्पन्न प्रेस चौतारी पर्सा शाखाको विशेष अधिवेशनले भण्डारीकाे अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे।अध्यक्षमा चयन भएका भण्डारी राजधानी दैनिकमा कार्यरत छन्।
यसैगरी अधिवेशनबाट प्रेस चाैतारी पर्साकाे उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) मा निलम पन्त, सचिवमा राजेश कुमार साह र कोषाध्यक्षमा सन्तोष पटेलपनि सर्वसम्मत चयन भएका छन्।
यसैगरी सदस्यमा राजन रौनियार ,एस के चौरसिया ,आरोहन साह , रश्मीराज भन्डारि , पन्नालाल साह , राजन कुमार सिंह ,राजन कुमार बानिया , आनन्द पटेल ,मुस्तुफा आलम ,दिपेन्द्र कुमार साह ,शोभा धमला,एन्जल चौधरी,कमला भन्डारी,नितेश कर्ण ,कृष्ण कुमार श्रीवास्तव,अकलेश साह ,सेख सज्जाद हुसेन ,राजु साह,नवीन कर्कि ,राम कुशवाहा,बलिराम यादव ,उर्मिला सापकोटा लगायत चयन भएका छन्।

