Madhes Khabar
राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलाई कारबाही गर्न कांग्रेस पर्साको माग

वीरगन्ज,१४बैशाखःनेपाली कांग्रेस पर्साले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध कारबाहीको माग गरेको छ । आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस पर्साले लिङ्देन विरुद्ध साइबर क्राइम अन्तर्गत मुद्धा दर्ता गरेर कानुन अनुसार कारबाही गर्न माग गरेको हो ।

संसद बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र उनका छोराको नाम जोडेर भ्रामक अभिव्यक्ति दिएका र त्यसले सहमहामन्त्री यादव र उनका छोराको चरित्र हत्या गर्ने काम भएकाले लिङ्देनलाई कारबाही गर्नु पर्ने कांग्रेसको माग छ ।

कठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपर मार्केटमा गरिएको ललुटपाटमा कांग्रेसका सहमहामन्त्रीका छोरापनि संलग्न रहेको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले आरोप लगाएका थिए ।

लिङ्देनको उक्त अभिव्यक्ति कपोकल्पित, भ्रामक र निराधार रहेको भन्दै कांग्रेसले त्यसको भत्र्सनापनि गरेको छ । लिङ्देनको उक्त अभिव्यक्तिले आम जनतामा भ्रम छर्ने काम गरेको तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यमका मार्फत गरिएको दुष्प्रचारले सिंगो पार्टी मर्माहत बनेको भन्दै कांग्रेसले त्यसका भ्रामक अभिव्यक्ति आइन्दा नदिन लिङ्देनलाई चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे,नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, नेताहरु श्रीकृष्ण चौहान, महममद शाहबुद्धिन, शैलेन्द्र याद,रामनिवास यादव,अनिल सिंह, दिपनारायण रौनियार लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

MadhesKhabar

पार्टीलाई हराउन लागेको भन्दै बसरुद्धिनलाई एमालेले सोध्यो स्पष्टिकरण

MadhesKhabar

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

MadhesKhabar

Leave a Comment