Madhes Khabar
खेलकुद

टी–२० विश्वकप : दक्षिण अफ्रिकासंग खेल्दै नेपाल, सन्दिप लामिछानेपनि टिममा समावेश

काठमाडौं,३२जेष्ठः वेस्ट इन्डिज र अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेटमा (भोलि)शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हुदैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक आमनेसामने हुन लागेका यी दुवै टोलीबीचको खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको अर्नास भाले क्रिकेट स्टेडियममा नेपाली समय अनुसार शनिबार बिहान सवा ५बजेदेखि सुरु हुनेछ ।

नेपाल र दक्षिण अफ्रिका यू–१९ क्रिकेट विश्वकपमा तीन पटक आमने सामने भएका छन् । यू–१९ क्रिकेट विश्वकपमा नेपाल दक्षिण अफ्रिकाविरुद्ध अपराजित रहेको छ ।

जारी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकाविरुद्ध जितका साथ अर्को चरण (सुपर–८) प्रवेशको सम्भावनालाई कायमै राख्न चाहन्छ । नेपाललाई सुपर–८मा स्थान बनाउँन शनिबार बिहानको खेलका साथै सोमबार हुने बंगलादेशसँगको खेल पनि जित्नै पर्ने हुन्छ ।

यता, जारी टी–२० विश्वकपमा तीन खेलमा अपराजित रहेर सुपर–८ मा प्रवेश गरिसकेको दक्षिण अफ्रिका नेपाललाई पराजित गरेर समूह चरणको अपराजित यात्रा कायम राख्न चाहन्छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

Related posts

वीरगन्ज युनाइटेड परवानीपुर गोल्डकप फुटबलको फाइनलमा

MadhesKhabar

श्रीलंकालाई ५५ रनमै अलआउट गरेपछि भारत बन्याे विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलाे देश

MadhesKhabar

परवानीपुर गाेल्डकप फुटबलमा राेमन फुटबल क्लब सर्लाहीकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment