वीरगन्ज,२६माघ:वीरगन्ज-२१ परवानीपुरमा शनिबारदेखि सुरु चाैथाे परवानीपुर गाेल्डकप फुटबलमा सर्लाहीको राेमन फुटबल क्लब हरिवन विजयी सुरुवात गरेको छ।परवाननीपुर खेल मैदानमा भएको उद्घाटन खेलमा राेमन फुटबल क्लब हरिवनले शक्ति युवा क्लब परवानीपुरलाई ३-० गाेलले हराएको हाे।उद्घाटन खेलकाे म्यान अफ दी म्याच हरिवनका बिनु मगर घाेषित भए ।
परवानीपुर युथ क्लबले आयाेजना गरेकाे प्रतियोगितामा ८ टिम सहभागी छन्।प्रतियोगितामा आइतबार बाराकाे सिमराकाे नव जनजागृती युवा क्लब र मकवानपुरकाे हेटाैडा फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ।
यसअघि शनिबार प्रतियोगिताको उद्घाटन लाेसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस सरकारका पूर्व मन्त्री जितेन्द्र साेनलले गरेका थिए ।
परवानीपुर युथ क्लबका अध्यक्ष अख्तर अली अन्सारीको अध्यक्षता तथा पूर्वमन्त्री साेनलकाे प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन समाराेहमा वीरगन्ज-२१ का वडाध्यक्ष राधाकृष्ण राैनियार,परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष इब्राहिम मियाँ, पूर्व वडाध्यक्ष अनिल राम, वीरगन्ज-२१ का पूर्व वडाध्यक्ष हबिब मियाँ, जिल्ला फुटबल संघ पर्साका अध्यक्ष अनिल कुमार गुप्ता लगायतकाकाेपनि उपस्थिति रहेकाे आयाेजक परवानीपुर फूटबल कल्बका प्रेस संयोजक सब्दर हुसेनले जानकारी दिए ।

