Madhes Khabar
खेलकुद

साफ च्याम्पियनसिपमा नेपाल भारतसंग पराजित

काठमाडौं,१२असोजः१७ वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भुटानमा भएको खेलमा नेपाल भारतसंग ४–२ गोलले पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको ६१ र ६८ औं मिनेटमा गोल गरेर भारतले अग्रता बनाएको थियो । त्यसपछि नेपालले ८२ औं मिनेटमा एक गोल गरेको थियो । त्यसको तीन मिनेटमै अर्को गोल थपेर भारत ३–१ को अवस्थामा पुगेको थियो ।

नेपालले ९० मिनेटमा गोल गरेर खेलमा फर्किने सङ्केत गरेको थियो तर भारतले अर्को गोल थपेसंगै नेपाल ४–२ गोलले पराजित हुन पुग्यो । योसँगै नेपालको फाइनल पुग्ने धोको अधुरै रह्यो । अर्को सेमिफाइलनमा अहिले पाकिस्तान र बंगलादेश खेलिरहेका छन् ।

Related posts

सिमरा गाेल्डकपकाे च्याम्पियन चर्च ब्वाइज

MadhesKhabar

टि–१० क्रिकेट लिगमा पत्रकार महासंघ पर्सा विजयी

MadhesKhabar

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा,अष्ट्रेलिया बाहिरियो

MadhesKhabar

Leave a Comment