Madhes Khabar
खेलकुद

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा,अष्ट्रेलिया बाहिरियो

वीरगन्ज,११असारःअफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।सुपर–८ चरणमा मंगलबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले सेमिmाइनलमा प्रवेश गरेको छ ।अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ ।

मंगलबार भएको खेलमा ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी हुदैं अन्तिम चारमा स्थान पक्का गरेको हो ।बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य ब्याटर भने चलेनन् ।

अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४÷४ र फजलहक फारुकी र गुलबदिन नाबी एक÷एक विकेट लिए ।यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

अफगानिस्तानक लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर–८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको हो ।

 

Related posts

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो फूटसल प्रतियोगिताको उपाधी

MadhesKhabar

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

आयोजक सिमरालाई पाखा लगाउँदै पुलिस सेमीफाइनलमा

MadhesKhabar

Leave a Comment