Madhes Khabar
खेलकुद

कर्णालीले जनकपुरलाई दियाे १३३ रनकाे लक्ष्य

तस्बिर :एनपीएल ।

काठमाडौं,१०कार्तिक:काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भइरहेको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनाएकाे हाे । उसका लागिअरिफुल स्लामले ४३ र पवन सराफले ३७ रन जोडे ।

बलिङतर्फ जनकपुरका लागि कप्तान हर्मित सिंहले ३ तथा राहुल यादव र मोइल अलीले २/२ विकेट लिए ।

यसअघि मंगलबार नै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्‌सलाई ८ रन हराएकाे छ ।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

Related posts

पाकिस्तान समुह चरणबाटै बाहिरियाे, अमेरिका सुपर-८ मा प्रवेश

MadhesKhabar

अर्जेन्टिनासँग हार्याे ब्राजिल

MadhesKhabar

विश्वकप खेल्न लागेकाे नेपाली टिमलाई सन्दीप लामिछानेले दिए जितकाे शुभकामना

MadhesKhabar

Leave a Comment