Madhes Khabar
खेलकुद

पाकिस्तान समुह चरणबाटै बाहिरियाे, अमेरिका सुपर-८ मा प्रवेश

वीरगन्ज,३२जेष्ठ:पाकिस्तान,जारी टी-२० विश्वकप क्रिकेटको समुह चरणबाटै बाहिरिएको छ।

शुक्रबार राति अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान समुह चरणबाटै बाहिरिएको हाे ।

अमेरिकाको फ्लोरिडामा हुने भनिएको आयरल्यान्ड र अमेरिकाबिचकाे खेल बर्षाका कारण टस समेत हुन नसकि रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् । याे समुहबाट अमेरिका भने सुपर-८ चरणमा प्रवेश गरेकाे छ।

जारी विश्वकपकाे पाकिस्तान आफ्नाे पहिलाे खेलमा अमेरिकासंग र दाेश्राे खेलमा भारतसंग पराजित भएकाे थियाे भने तेश्राे खेलमा भने उसले आयरल्यान्डलाई हराएकाे थियाे ।

३ खेलमा २ अंक मात्र जाेडेकाे पाकिस्तानले अब हुने खेलमा क्यानडालाई हराएपनि उसकाे ४ अंक मात्र हुनेछ। जुन सुपर-८ मा पुग्नका लागि अप्रयाप्त हुनेछ ।किनकी अमेरिकाले भने शुक्रबारकाे आयरल्यान्डसंगकाे खेल बर्षाले रद्द भएपछि १ अंक जाेडेर ५ अंकका साथ सुपर-८ मा स्थान पक्का गरिसकेको छ।

Related posts

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

भारतले जित्याे टी-२० विश्वकपकाे उपाधि

MadhesKhabar

आईपीएलमा आज चेन्नईसंग लखनउ भिड्दै

MadhesKhabar

Leave a Comment