
वीरगन्ज ,२८ माघ : पर्सामा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा गठन गरिएको छ ।शनिबार पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा सम्पन्न पत्रकारहरुको भेलाले पत्रकार तिवारी यादवको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा अमित अग्रवाल , महिला उपाध्यक्षमा सुश्मा शर्मा , सचिमा श्याम कुशवाहा , सहसचिवमा कृष्ण कुशवाहा र विमला गुप्ता , कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा आबिद हुसेन , निलम चौधरी , सुभाष राम , नितेश कर्ण ,अर्जुन गुप्ता रहेका छन् ।
भेलामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , राष्ट्रिय खेलकुद परिषदका सदस्य एंव नेपाल खेलकुद पत्रकार महासंघका मानदेव हाजरा , पर्सा क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष मुर्तुजा हवारी , सदस्य घनश्याम गुप्ता , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत ,नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सन्जीव मिश्रा लगायतको पनि उपस्थिती थियो ।

