Madhes Khabar
खेलकुद

जीतपुरसिमरा क्रिकेट कपमा पर्सा मकवानपुरसंग पराजित

बारा,२७जेठ:बाराकाे सिमरामा जारी जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा पर्सा क्रिकेट संघ मकवानपुर क्रिकेट संघसंग पराजित भएकाे छ।

बाराको सिमरास्थित सेज क्रिकेट मैदानमा भएको खेलमा पर्सा मकवानपुरसंग दुई विकेटले पराजित भएको हाे।

पर्साले दिएको ८५ रनको लक्ष्य मकवानपुरले १६.१ ओभरमा ८ विकेटकाे क्षतिमा पूरा गर्याे । मकवानपुरका लागि विशाल फुयाल र विशेष बिक्रम थापाले समान १९/१९ रन बनाए ।बलिङतर्फ पर्साका रञ्जित कुमार र सम्साद मन्सुरीले ३/३ विकेट लिए भने अनुज चौहानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्साले १८ ओभरमा अलआउट हुदै ८४ रन मात्र बनाएको थियो । पर्साका लागि सफवान अलीले १७, सम्साद मन्सुरीले १४, साहिल हवारीले १३, वसिम मन्सुरीले १२ र अकुब अन्सारीले १० रन बनाएका थिए ।

बलिङतर्फ मकवानपुरका राजा अहमद र रामनरेश गिरीले ३/३ विकेट लिए भने शुभ कंसकार र साकार गजुरेलले २/२ विकेट लिए ।

जितसंगै मकवानपुरले दुई खेलबाट दुई अंक हात पारेको छ । यसअघि पहिलाे खेलमा भने मकवानपुर बारा जिल्ला क्रिकेट संघसंग पराजित भएको थियो ।

बारा र पर्साबीचको खेल बिहीबार हुनेछ । उक्त खेलमा बाराले जितेमा समूह विजेता हुँदै फाइनल प्रवेश गर्नेछ भने पर्साले जितेमा रनरेटका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

सन्दिप एसिया कप खेल्न पाकिस्तान जाने

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment