Madhes Khabar
खेलकुद

एसिया कपकाे सुपर फाेरमा आज भारत र पाकिस्तान फेरि भिड्दै

फाइल तस्बिर ।

काठमाडौं,५असाेज: एसिया कपको सुपर फोरमा आज(आइतबार) भारत र पाकिस्तान खेल्दैछन्। समूह चरणमा विजेता र उपविजेता बनेका भारत र पाकिस्तानले सुपर फोरमा भेट पक्का गरेका हुन्। यी दुई बीचको खेल आइतबार बेलुकी ८:१५ बजेदेखि यूएईमा सुरु हुनेछ।

यसअघि समूह चरणको भेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो। भारत अपराजित टिम हो। समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो।

समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले ४ अंककासाथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो।

समूह ‘ए’बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन्। सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले हराउँदै बंगलादेशले दुई अंक जोडेको हो।

आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन्।

Related posts

बंगलादेशलाई हराएपछि पाकिस्तानकाे सेमिफाइनलमा पुग्ने संभावना जिवितै

MadhesKhabar

वीरगन्जमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेटमा अग्नी ग्रुप विजयी

MadhesKhabar

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment