वीरगन्ज,३०असार:जिम्बाबेविरुद्धको पाँच खेलको टी-२० सिरिज भारतले ४-१ ले जितेको छ ।
आईतबार भएको पाँचौ तथा अन्तिम खेल ४२ रनले जित्दै भारतले सिरिजमा जितेको हो । सिरिज अन्तगर्तको पहिलो खेल १३ रनले गुमाएको भारतले त्यसपछिका सबै चार खेल जितेको हो ।
आईतबार हरारेमा भएको खेलमा भारतले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बाबेले १८.३ ओभरमा अल आउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका लागि डिइन मेर्यसले ३२ बलमा ३४ तथा टिडिवानसी मरुमानी र फरेज अकरमले समान २७ २७ रन बनाए ।
भारतका लागि मुकेश कुमारले चार तथा शिभम दुबेले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।
भारतका लागि सन्जु सामसनले ४५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । शिभम दुबेले २६ तथा रियान परागले २२ रन बनाएका थिए ।
बलिङतर्फ जिम्बाबेका लागि ब्लेसिङ्ग मुजरवानीले दुई विकेट लिए ।

