काठमाडौं,६मंसिरः कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ ।
शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै पहिलो जित हात पारेको हो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का प्रहार गरे ।एनपीएलको दोस्रो संस्करणमा यो पहिलो शतक पनि हो । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

