Madhes Khabar
खेलकुद

मधेसमा क्रिकेट खेलकाे विकासका लागि प्रदेश सरकार लागेकाे छ : खेलकुदमन्त्री जयसवाल

वीरगन्ज,३०भदाैं:मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले मधेस प्रदेशमा क्रिकेट खेलको विकासको लागि मधेस सरकार सदैव तत्पर रहेकाे बताएका छन्।आइतबार वीरगन्जमा सम्पन्न मधेस प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभाकाे उद्घाटन सत्रमा बाेल्दै खेलकुदमन्त्री जयसवालले मधेस प्रिमियर लिग तथा क्रिकेटका अन्य गतिविधी संचालनका लागि मधेस प्रदेश क्रिकेट संघसंग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ईलाइट कप भब्यताका साथ सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए पर्सा क्रिकेट संघले गर्ने गतिविधिमा वीरगन्ज महानगरकाे सदैव साथ रहनेपनि उनले बताए ।

साधारण सभामा मधेस प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले संघकाे गत आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन पेस गरेका थिए।उनले यसवर्ष प्रदेशबाट खेल्ने सम्पुर्ण खेलाडिलाई करार सम्झौता गरि अनुबन्धित गर्ने जानकारी समेत गराए।

पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष मनिष सिंहले मधेस प्रदेशमा ८ वटै जिल्लाले क्रिकेट खेल्ने भएको र उत्कृष्ट खेलाडिहरुले भरिएको समेत भएकोले नयाँ खेलाडिलाई आफनो दावेदारी पेश गर्न समेत कठिनाई पर्ने हुनाले यस बिषयमा नेपाल क्रिकेट संघले आवश्यक पहल गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।

मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय, बाराका अध्यक्ष प्रभात चौरसिया, नेपाल क्रिकेट संघका पूर्व सदस्य दाउद अन्सारी लगायतले आफनाे मन्तव्य राखेका थिए ।

Related posts

आइपिएलमा हैदरावाद विरुद्ध गुजरातको रोमान्चक जित

MadhesKhabar

एसियाली खेलकुदकाे महिला कबड्डीमा नेपालकाे पदक पक्का

MadhesKhabar

इंग्ल्यान्डसंग हारेसंगै विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पाकिस्तानकाे सम्भावना समाप्त

MadhesKhabar

Leave a Comment