Madhes Khabar
खेलकुद

नेपाल लाेकतान्त्रिक खेलकुद संघ पर्साकाे अध्यक्षमा कांग्रेस युवा नेता कुर्मी मनाेनित

वीरगन्ज,११असाेज:नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको पर्सा जिल्ला अध्यक्षमा श्याम प्रसाद कुर्मी मनोनित भएका छन्।कुर्मी कांग्रेसकाे वीरगन्ज महानगर कार्यसमितिका सचिवपनि हुन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले संघकाे पर्सा अध्यक्षमा कुर्मीलाई मनाेनित गरेका हुन्।संघकाे विधान २०७९ काे भाग ६ काे २६ बमाेजिम कुर्मीलाई पर्सा जिल्ला अध्यक्षमा मनाेनित गरिएको अध्यक्ष शेरचनले गत भदाै २५ गते मनाेनित गरिएको पत्रमा जनाएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघको अनुशासन र मर्यादामा रही संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउने तर्फ पर्सा अध्यक्ष कुर्मीले काम गर्ने अपेक्षा संघले लिएको केन्द्रीय अध्यक्ष शेरचनले जनाएका छन्।

Related posts

जनकपुरका कप्तान अनिल साह बने एनपिएलमा पहिलाे अर्धशतक हान्ने खेलाडी

MadhesKhabar

मधेसलाई हराउँदै आर्मी जय ट्रफीको फाइनलमा

MadhesKhabar

साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment