Madhes Khabar
खेलकुद

मैत्रीपूर्ण फुटबलमा नेपाल इंग्ल्यान्ड ‘सी’ संग पराजित

काठमाडौं,२४बैशाख:मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इंग्ल्यान्डको ‘सी’ टाेलीसंग पराजित भएकाे छ। इंग्ल्यान्डको घरेलु मैदान इबीबी स्टेडियममा साेमबार राति भएको खेलमा नेपाल इंग्ल्यान्डकाे सी टाेलीसंग २-० गोलले हारेकाे हाे।

खेलको सुरुवात देखीनै दबाबमा रहेको नेपालले १५ मिनेट भित्रै दुई गोल खान पुगेको थियो। तर त्यसपछि रक्षात्मक बनेको नेपालले थप गोल नखाएपनि पूर्ण दबाबमा खेलेको थियो। इंग्लिश टोलीका लागि आठौ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए।१३औं मिनेटमा क्यालाम स्टेडले दाेस्राे गाेल गर्दै इंग्ल्यान्डलाई सहज रुपमा २-० काे जित दिलाए। खेल अवधिभर नेपालका गोलरक्षक किरणकुमार लिम्बूले इंग्लिस टिमका निकै उत्कृष्ट प्रहारहरु जोगाउँदै नेपाललाई थप गोल खानबाट बचाएका थिए।

पहिलो हाफमा दबाब बनाएको इंग्ल्यान्ड विरुद्व दोस्रो हाफमा नेपालले तुलनात्मक रुपमा केही राम्रो प्रदर्शन गरेको थियो। अञ्जन विष्ट र जिलेस्पी जंग कार्कीले केहि गोलका मौका पाएपनि सदुपयोग गर्न चुक्दा गोल गर्न चुकेका थिए। कार्कीको पहिलो प्रहार क्रसबारमा लाग्दा नेपाल सम्भावित गोलबाट चुक्यो।

इंग्ल्यान्ड टोलीमा पाँचौं डिभिजन नेशनल लिगका खेलाडीहरु सहभागि रहेका थिए। नेपालले इंग्ल्यान्डमा यस अघि एक खेल खेलेको थियो। नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको थियो।

यसअघि शनिबार नेपाल र ब्रिटिस आर्मीबीचको मैत्रीपूर्ण गोलरहित बराबरीमा सकिएको थियो। नेपाल फिफा विश्वकप तथा एएफसी एसिया कपको दोस्रो चरणको छनोटको तयारीका लागि इंग्ल्यान्ड पुगेको हो। नेपालले आगामी २४ जेठमा युएईसँग विश्वकप छनोटको खेल खेल्ने कार्यतालिका रहेको छ।साभार:देशसञ्चारबाट

Related posts

आईपीएलमा आज चेन्नई र लखनउ भिड्दैं

MadhesKhabar

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा राइडर्सकाे विजयी सुरुवात

MadhesKhabar

च्याम्पियन्स अफ लिजेन्ड्स टी–२० : पाकिस्तानले भारतलाई हरायो

MadhesKhabar

Leave a Comment