वीरगन्ज,११बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबिच खेल हुदैंछ ।यी दुईबिचको खेल चेन्नईमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।
चेन्नई अंक तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ ।आईपीएलको जारी सिजनमा चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अंक जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो ।
यसअघि सोमबारराति भएको खेलमा मुम्बई इन्डियनलाई ९ विकेटको फराकिmो अन्तरले हराएको राजस्थान रोयल्स आठ खेलमा १४ अंकसहित अंकतालिकाको शीर्षस्थानमा यथावत् छ ।

